KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बाराको डुमरवानामा ३० वर्षीय युवक मृत फेला, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

बाराको डुमरवानामा ३० वर्षीय युवक मृत फेला, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

बिरगंज, पर्सा, २१ कार्तिक 

Advertisement

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित सेजको खेतमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

Advertisement

 

Ad

मृत फेला पर्नेमा ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्। उनी पेशाले ट्र्याक्टर चालक रहेको बताइएको छ।

Advertisement

 

Advertisement

प्राप्त जानकारीअनुसार माझी शुक्रबार साँझ घरबाट बाहिरिएका थिए। तर शनिबार बिहान खेतमा काम गर्न पुगेका स्थानीय बासिन्दाले खेतको कुलोमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा नयाँ कपडासहितको एउटा झोलासमेत फेला परेको प्रहरीले जनाएको छ।

 

माझीको मृत्यु के कारणले भएको हो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ।

 

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation