थियो । पसलमा मात्र छापा हानेर गोदामको बारेमा खोजीनीति नगरी टोली फर्किएको थियो । घुुमुवाका रुपमा खटिएका सशस्त्र प्रहरी आफैं तस्करीका सामान ल्याउने गरेको भेटिएर छापा मार्दा पनि डीआईजी भट्टले उनलाई जिम्मेवारीमुक्त नगरेको आरोप छ ।
नारायणदत्त पौडेल सशस्त्रको आईजीपी भएपछि घर भएको जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई सरुवा गर्ने, ३ बर्षभन्दा बढी समय कार्यरतलाई त्यहाँबाट हटाउने निर्णय गरी परिपत्र गरिएको थियो । त्यही अनुरुप प्रदेशका डीआईजीहरुले घरपायक जिल्लामा बसेका र तीन बर्षभन्दा बढी कार्यरतलाई सरुवा गरे पनि । तर आफ्नानिकट र अतिरिक्त कमाइमा खटिएकाहरुको हकमा कतिको सरुवा गरे पनि रमाना दिनबाट रोकिएको छ ।
भदौ १४ गते साहको सरुवा सर्लाही भए पनि रमाना नदिई घुमुवाका रुपमा महोत्तरीमै परिचालन गरिएको छ । रोशन मिश्राको घर सर्लाही हो । तर छिमेकी जिल्लाको ३९ नम्बर गणमा दरबन्दी राखी उनी घुमुवाका रुपमा खटिएका रुपमा खटिएका छन् ।
डीआईजी भट्ट भन्छन्–मैले कसैको एक रुपैयाँ लिन्न, किन घुमुवा खटाउनुपर्यो ?
डीआईजी बिष्णुप्रसाद भट्ट भन्छन्–‘सामान समात्नलाई काम गर्नलाई सही किसिमले परिचालन गर्नै नहुने हिसाबले जम्मैले भनेको पत्याउनु पनि परेन । कसैले सूचना दिन्छ, कसैले सामान समात्छ भने उनीहरुका बारेमा बुझ्नू । सामान समात्न कतिपयलाई खटाउनुपर्छ, कतिपय अवस्थामा । घुमुवा भनेको पैसा असुुल्नलाई हो । मैले कसैको एक रुपैयाँ लिन्न । यस्ता कुराको पछि लागेर केही न्यूज निकाल्नुपर्दैन । स्रोत - नेपाल फेस
२५ भदौ,बारा। जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह, वीरगन्ज पठाउने आदेश दिएको छ ।
बुधबार जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा भएको थुनछेक बहसपछि उक्त आदेश जारी भएको हो । साथै अदालतले पीडित बालिकाका आमाबुवालाई तत्काल सरकारी कोषबाट २ लाख रुपैयाँ राहत उपलब्ध गराउनसमेत आदेश दिएको छ ।
बहसमा पीडित पक्षबाट अधिवक्ता चन्द्रिका पटेल र सरकारका तर्फबाट शम्भु बस्नेतले बहस गरेका थिए। अधिवक्ता पटेलका अनुसार घटनामा पक्राउ परेका कुल ९ जनामध्ये २ जना नाबालकको थुनछेक बहस सकिएको र बाँकी ७ जना आरोपितको बहस एक-दुई दिनभित्र हुनेछ। घटनामा संलग्न अन्य एक जना आरोपित अझै फरार रहेकाले निजको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोखरिया (पर्सा)। पर्साको चर्चित क्यासिनो प्रकरणसँगै इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्वमा परिवर्तन गरिएको छ। उक्त प्रकरणमा नाम जोडिएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्।
प्रहरी निरीक्षक पौडेल निलम्बनमा परेसँगै इलाका प्रहरी कार्यालय पोखरियामा नयाँ प्रहरी निरीक्षकका रूपमा भानुभक्त अर्याल आज हाजिर भएका छन्। प्रहरी निरीक्षक अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आएका हुन्।
नवनियुक्त प्रहरी निरीक्षक अर्यालले कार्यालयको जिम्मेवारी सम्हाल्दै शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा नागरिकमैत्री प्रहरी सेवामा विशेष ध्यान दिने बताएका छन्।
क्यासिनो प्रकरणको अनुसन्धान जारी रहेका बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरी संगठनले अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक प्रशासनिक कदमस्वरूप नेतृत्व परिवर्तन गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनो प्रकरणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साभार - ज्योति दैनिक
२३ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसिया रहेका छन्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। सो क्रममा बसको हुड र्याकमा राखिएका दुईवटा शंकास्पद झोला फेला परेपछि प्रहरीले ती झोलाको जाँच गरेको थियो।
जाँच गर्दा झोलाभित्र ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३ सय क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित चौरसियालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
वीरगंज २४ भदौ। यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले गरेका सनाखत नामसारीका कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ । वर्षौ देखि वीरगंज यातायातमा बसेर सनाखत नामसारी तथा अन्य भ्रष्टाचार कार्यहरु गर्दै करोडौं करोड कमाउन सफल व्यक्तिका रुपमा चिनिएका अधिकृत महतोलाई भ्रष्टाचार र राजस्व छलीको आरोपमा श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशमा कारवाही स्वरुप काजमा तानिए पनि उनी माननीय मन्त्री शारदा देवी थापा र नि. प्रदेश सचिव रंजित कुमार यादवलाई आर्थिक प्रभावमा पार्दै पुनः वीरगंज यातायातमा आएर सिंघम बनेका छन् ।
अधिकृत रामसुन्दर महतो र नि.प्रदेश सचिव रंजित कुमार यादव सर्लाही जिल्ला निवासी जिल्लावासी भएकोले महतोले सचिव यादव मार्फत माननीय मन्त्री थापालाई रिझाएको यातायात कार्यालय वीरगंजमा व्यापक चर्चा रहेको पाईएको छ ।
अधिकृत महतोले यातायात कार्यालय वीरगंजमा रहंदा हजारौं सनाखत नामसारी गरेको भए पनि प्रमाणको रुपमा यस अनलाईन सँग दर्जनौ सुरक्षित राखिएको छ । नारायणघाट, चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसनका साहुहरुले बिचौलिया मार्फत प्रति ब्लुबुक कम्तिमा दुई हजार र बढीमा पाँच हजार दिएर अधिकृत महतो सँग सनाखत नामसारी गराउने गरेको पाईएको छ । सनाखत नामसारीबाट करोडौं कमाएर मात्तिएका अधिकृत महतोले ब्लुबुकमा मात्र सही गर्ने गरेको र प्रायःको ढाडामा नचढाईएको एक बिचौलियाले बताए । साभार - दैनिक वीरगंज पत्रिका अनलाइन
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
