बारामा पटका पड्काउँदा १६ वर्षीय किशोर गम्भीर घाइते, नारायणी अस्पतालमा उपचार हुँदै
बिरगंज, पर्सा, २३ कार्तिक
बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा १६ वर्षीय एक किशोर घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार सोमबार राति करिब १०:३० बजे आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा महम्मद समसाद मिया देवानका १६ वर्षीय छोरा अफ्ताब मिया देवान घाइते भएका हुन्।
पटका पड्काउने क्रममा उनको संवेदनशील अंगमा जलन तथा चोट लागेको जनाइएको छ। घटनापछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार घाइते किशोरको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
पटका प्रयोगमा सावधानी अपनाउन आग्रह
चाडपर्व तथा उत्सवका समयमा पटका र अन्य विस्फोटकजन्य सामग्री प्रयोग गर्दा यस्ता दुर्घटनाको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ।
विशेषगरी बालबालिका तथा किशोरकिशोरीलाई पटका पड्काउन नदिन र अभिभावकले विशेष निगरानी राख्न आवश्यक छ। क्षणिक मनोरञ्जनका लागि गरिने असावधानीले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले सुरक्षित रूपमा चाडपर्व मनाउन सबैमा आग्रह गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






