पर्सामा पेस्तोल, ६ राउण्ड गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ
बिरगंज, पर्सा, १६ कार्तिक
पर्सा प्रहरीले अवैध हतियार तथा धारिलोहतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले सोमबार नियमित चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाएर राखिएको अवस्थामा एक थान डोमी पेस्तोल, ६ राउण्ड डोमी गोली र तीन थान छुरा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल र विभिन्न प्रकारका औषधिसमेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






