KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सरकारले १२० फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो, सार्वजनिक खरिदमा लापरबाही गर्नेलाई कारबाही

सरकारले १२० फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो, सार्वजनिक खरिदमा लापरबाही गर्नेलाई कारबाही

बिरगंज, पर्सा, १३ कार्तिक 

Advertisement

काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारी पूरा नगर्ने तथा प्रचलित कानुन र नियमको पालना नगर्ने १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

Advertisement

 

Ad

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेदेखि हालसम्म १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

Advertisement

 

Advertisement

सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउने उद्देश्यले यस्तो कदम चालिएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको उल्लंघन गर्ने र खरिद कार्यमा तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनी तथा फर्मलाई कारबाहीस्वरूप कालोसूचीमा राखिएको हो।

 

यसैबीच, सरकारले सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन कानुनी तथा संस्थागत सुधारका कामलाई समेत अघि बढाएको छ।

 

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ र सोह्रौँ संशोधन कार्यान्वयनमा ल्याइएको छ।

 

कानुनी व्यवस्थामा भएको परिवर्तनअनुसार वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमूना बोलपत्रसम्बन्धी कागजात (एसबीडी) समेत परिमार्जन गरिएको छ।

 

त्यस्तै, सार्वजनिक खरिद प्रक्रियामा संलग्न कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। कार्यालय आफैँले आयोजना गरेको तालिमबाट ५५६ जना र विभिन्न सार्वजनिक निकायसँगको सहकार्यमा थप १५६ जना गरी कुल ७१२ जना कर्मचारी लाभान्वित भएका छन्।

 

सरकारले सार्वजनिक खरिदमा हुने अनियमितता नियन्त्रण, प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा सरकारी निकायबाट हुने खरिद कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ।

 

स्रोत : सार्वजनिक खरिद अनुगमन कार्यालयसम्बन्धी विवरण 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation