अमेरिकी सहयोगमा ३६ मिलियन डलरभन्दा बढी, पुनर्निर्माण र डिजिटल विकासबारे अर्थमन्त्रीसँग छलफल
काठमाडौं । नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।
आज भएको भेटमा गत अगस्टमा आएको बाढीपछि नेपाललाई अमेरिकाले प्रतिबद्धता जनाएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोगबारे छलफल भएको हो। बाढीपछिको प्रतिकार्य तथा पुनःस्थापना प्रयासमा अमेरिका नेपाललाई सहयोग गर्ने प्रमुख दातृ मुलुकका रूपमा रहेको छ।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले नेपालको पुनर्निर्माणमा अमेरिकी कम्पनी तथा प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मार्फत नेपालको विद्युत् तथा यातायात प्रणाली सुदृढ हुँदै पुनःस्थापनामा सहयोग पुगिरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, विपद् पुनःस्थापनाभन्दा बाहिर नेपालको डिजिटल रूपान्तरणका लागि अमेरिकी प्रविधिको उपयोग र व्यवसायमैत्री नीतिगत सुधार कार्यान्वयन गर्न सके अमेरिकी कम्पनीका लागि नेपालमा लगानी तथा व्यवसायका नयाँ अवसर सिर्जना हुने उहाँले बताउनुभयो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






