KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बल्खुमा अनाधिकृत बस्ती हटाउन डोजर, काठमाडौंका विभिन्न क्षेत्रमा अभियान विस्तार

बल्खुमा अनाधिकृत बस्ती हटाउन डोजर, काठमाडौंका विभिन्न क्षेत्रमा अभियान विस्तार

१८ वैशाख,काठमाडौं ।  काठमाडौं महानगरपालिका ले बल्खु क्षेत्रमा अनाधिकृत रूपमा बनाइएका घरटहरा हटाउन डोजर चलाएको छ। वडा नम्बर १४ अन्तर्गत पर्ने उक्त क्षेत्रमा आज बिहानदेखि डोजर प्रयोग गरी संरचना भत्काउने कार्य सुरु गरिएको हो।

Advertisement

महानगरले नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गर्दै अतिक्रमित बस्ती हटाउने अभियान अघि बढाएको हो। डोजर चलिरहँदा केही स्थानीयवासी आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन् भने कतिपयले आफ्नै घर भत्किँदै गरेको दृश्य असहाय भएर हेर्न बाध्य भएका छन्।

Advertisement

यसैक्रममा बल्खु नजिकै पर्ने वडा नम्बर ११ को वंशीघाट क्षेत्रमा पनि आजै डोजर चलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं का अनुसार वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायत अतिक्रमित क्षेत्रहरूमा पनि चरणबद्ध रूपमा संरचना हटाइनेछ।

Ad

प्रशासनले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ बिहान ७ बजेदेखि एकैपटक बस्ती खाली गराउने जनाएको थियो। नदी किनार तथा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका बस्तीलाई हटाउने क्रममा मानवीय उद्धार र सम्भावित विपद् जोखिमलाई ध्यानमा राखिएको जनाइएको छ।

Advertisement

डोजर अभियान सुरु हुने सूचना सार्वजनिक भएपछि केही बासिन्दा विगत बिहीबारदेखि नै बस्ती छाड्न थालेका थिए। यसअघि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन भइसकेको थियो। अब बाँकी क्षेत्रहरूमा आजबाट निरन्तर रूपमा डोजर अभियान अघि बढाइने प्रशासनले जनाएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation