भारत हुँदै कतार पुर्याएर साउदीमा बेचेको आरोप, १९ वर्षपछि पर्साबाट एक जना पक्राउ
१९ भदौ,वीरगञ्ज । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा प्रहरीले एक जनालाई १९ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारी रहेका छन्। उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी पुरानो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार अन्सारीमाथि वीरगञ्ज महानगरपालिका–श्रीपुरकी ‘क’ नाम गरेकी महिलालाई भारत हुँदै कतार पुर्याई त्यहाँबाट साउदी अरबमा बेच्न सहयोग गरेको आरोप छ।
प्रहरीका अनुसार २०६३ साल चैत १५ गते रोजगारीका लागि ती महिलालाई भारत हुँदै कतार पुर्याइएको थियो। कतार पुगेपछि उनलाई २–३ दिन आफूसँग राखेर अब्दुल कादिर भन्ने कादिर अन्सारीले ९० हजार रुपैयाँमा साउदी अरबमा बिक्री गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
जाहेरीका आधारमा घटनाको अनुसन्धान अघि बढाउने क्रममा अयुब मियाँ अन्सारीको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको डीएसपी मल्लले जानकारी दिए।
प्रहरीले अन्सारीलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

