KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
भाथाधाममा ट्याक्टर दुर्घटना, १७ वर्षीय किशोरको मृत्यु

भाथाधाममा ट्याक्टर दुर्घटना, १७ वर्षीय किशोरको मृत्यु

पर्सा ,भदौ ९ —

 

पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा एक महिने साउने मेला सम्पन्न भएको भोलिपल्ट मंगलबार बिहान ट्याक्टर दुर्घटनामा परी १७ वर्षीय किशोरको मृत्यु भएको छ।

Call Us for Ads

 

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५, इटियाही टोल निवासी अजय रामका करिब १७ वर्षीय छोरा आकाश राम रहेका छन्।

 

साउन महिनाको चौथो तथा अन्तिम सोमबार भाथाधाममा दर्शन तथा जल अर्पण गर्न नेपालका विभिन्न जिल्ला र भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु पुगेका थिए। सोमबार साँझ एक महिने मेला सम्पन्न भएपछि मंगलबार बिहान मेलामा राखिएका पसल तथा सामान उठाउन ट्याक्टर भाथाधामतर्फ जाने क्रममा दुर्घटना भएको हो।

 

प्रहरीका अनुसार ट्याक्टरमा चालक र मृतक किशोर गरी दुई जना सवार थिए। उनीहरू नाताले अङ्कल–भतिजा रहेको प्रारम्भिक विवरणमा खुलेको छ। ट्याक्टर चारभैया पोस्टबाट करिब दुई किलोमिटरभित्र पुगेपछि किशोर ट्याक्टरबाट खसेका थिए। सोही क्रममा ट्याक्टरको चक्कामुनि परी च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटना बिहान करिब ७ बजे भएको हो। सडकमा रगत देखेपछि भाथाधामतर्फ जाँदै गरेका श्रद्धालुले नेपाली सेनालाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि मेला व्यवस्थापन समितिका अध्यक्ष अल्खदेव चौधरी घटनास्थलमा पुग्दा किशोर मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा किशोर ट्याक्टरबाट खसेपछि च्यापिएको र सोही कारण मृत्यु भएको देखिएको छ।

 

घटनापछि चालकले सडकमा रहेको शवलाई छेउमा सारेको र त्यसपछि ट्याक्टर लिएर जंगल क्षेत्रबाट बाहिर निस्केर मृतकका परिवारलाई फोनमार्फत घटनाबारे जानकारी गराएको मृतकका भाइले बताएका छन्। त्यसपछि भने चालकसँग सम्पर्क हुन नसकेको उनको भनाइ छ।

 

दुर्घटनापछि घटनास्थलमा प्रहरीको अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भइरहेकाले भाथाधाम जाने–आउने श्रद्धालुलाई केही समय रोकिएको थियो। बिहान करिब ७ बजे भएको घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गर्न दिउँसो करिब १ बजेसम्म लागेको प्रहरीले जनाएको छ।

 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाएको छ। मृतकका परिवारजन घटनास्थलमा आएर आवश्यक प्रक्रिया पूरा गरेपछि प्रहरीसँगै शव लिएर वीरगंज गएको मेला व्यवस्थापन समितिले जनाएको छ।

 

एक महिनासम्म भाथाधाममा सञ्चालन भएको साउने मेला सोमबार साँझ सम्पन्न भएको थियो। मेला समापन भएको भोलिपल्टै सामान उठाउन जाने क्रममा भएको दुर्घटनामा किशोरको मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation