KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
दानबहादुर कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार, नियुक्ति भने अझै अन्योलमा

दानबहादुर कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार, नियुक्ति भने अझै अन्योलमा

बिरगंज, पर्सा, २० कार्तिक 

Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारको कार्यकक्ष तयार गरिएको छ।

Advertisement

 

Ad

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्कीका लागि कार्यकक्ष व्यवस्थापन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त कोठाको ढोकानजिकै ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको छ।

Advertisement

 

Advertisement

यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए। अहिले कार्कीका लागि छुट्टै कार्यकक्ष तयार पार्दै आवश्यक फर्निचर तथा बैठक कक्षको व्यवस्था गरिएको छ। कोठामा कुर्सी, सोफा, ठूलो बैठक टेबल र शौचालयको सुविधासमेत रहेको छ।

 

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद बुधबार मात्रै सिर्जना गरिएको हो। सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर उक्त पदमा नियुक्त गर्ने उद्देश्यले नयाँ पद सिर्जना गरेको हो।

 

सरकारले कार्कीको कार्यकाल सकिन एक साता बाँकी रहँदै उनलाई आईजीपीबाट हटाएको थियो। त्यसपछि सोही ब्याचका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।

 

प्रधानमन्त्री र कार्कीबीच पछिल्लो समय सम्बन्धमा तिक्तता बढेको पृष्ठभूमिमा सरकारले यस्तो निर्णय गरेको समाचारमा उल्लेख छ।

 

यद्यपि, कार्की भने सुरक्षा सल्लाहकारको नियुक्ति स्वीकार गर्न तयार देखिएका छैनन्। सरकारले आफूलाई आईजीपी पदबाट हटाएर नयाँ पदमा लैजाने निर्णय गैरकानुनी भएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

 

हाल उक्त रिट सर्वोच्च अदालत प्रशासनमा अध्ययनको क्रममा रहेको छ। अदालतबाट निर्णय नआएसम्म प्रधानमन्त्री कार्यालयमा उपस्थित नहुने र मुद्दामा पराजित भए पदबाट राजीनामा दिने योजना कार्कीले बनाएको बताइएको छ।

 

यससँगै सरकारले सुरक्षा सल्लाहकारका लागि कार्यकक्षसमेत तयार गरिसकेको भए पनि कार्कीले पदभार ग्रहण गर्ने विषय भने अझै अनिश्चित बनेको छ। अब यस विषयमा सर्वोच्च अदालतको निर्णयलाई चासोका साथ हेरिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation