KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
एमालेले मनाउँदैछ नेकपा स्थापना दिवस, ओली आउँछन् कि आउँदैनन्?

एमालेले मनाउँदैछ नेकपा स्थापना दिवस, ओली आउँछन् कि आउँदैनन्?

नेकपा स्थापना दिवसको सन्दर्भमा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम गर्दैछ। एमालेले आज ७७ औं नेकपा स्थापना दिवस मनाउन लागेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली आजको कार्यक्रममा उपस्थित हुने एमालेका एक नेताले बताए।

भर्खरै पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका अ‍ोली अझै तंग्रिसकेका छैनन्। जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा अध्यक्ष ओली चैत १४ गते पक्राउ परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो।

Call Us for Ads

चैत २६ गते हाजिरी जमानीमा हिरासतमुक्त भएका ओली शल्यक्रियापश्चात् घर फर्किएका थिए।

पक्राउपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा सरिक हुने एमालेका एक पदाधिकारीले बताए।

अध्यक्ष ओलीलाई भेट्न एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू गुण्डु पुगेका थिए।

 

सोही क्रममा अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा आफू सहभागी हुने बताएका हुन्।

‘पार्टीको बैठक चाहिँ अलि पछाडि नै हुने देखियो। उहाँकै उपस्थितिमा समीक्षा आवश्यक रहेकाले सचिवालय बैठक पछि नै हुन्छ। तर आजको कार्यक्रममा चाहिँ उहाँ आउनुहुन्छ,’ ती नेताले भने।

२००६ वैशाख १० गते पुुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो। नेकपाका संस्थापक नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन्। 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation