KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
घुमुवा प्रहरीको भुमिका निर्बाह गर्न विज्ञ रहेका यादव अहिले पोखरियाको घुमुवा

घुमुवा प्रहरीको भुमिका निर्बाह गर्न विज्ञ रहेका यादव अहिले पोखरियाको घुमुवा

देशमा कानुनको पालना र आफ्नो जिम्मेवारी पाएको क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी कार्यालयहरु बाट घुमुवा प्रहरी परिचालन गरी आर्थीक रकमको प्रलोभनमा परेर ब्यापक रूपमा तस्करी मौलाएको बिषय अहिले ब्यापक चर्चामा आएको छ। 

Advertisement

 

Advertisement

पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरीयाका कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको निर्देशनमा घुमुवा प्रहरी परिचालन गरिएको र उक्त घुमुवा प्रहरी ईलाका प्रहरी कार्यलय पोखरीया छेत्रमा पर्ने सीमावर्ती क्षेत्रमा पुगी तस्कर समुह सँग मोटो रकमको नजराना बुझी तस्कारीको खुल्ला रुपमा लाइन दिएको स्थानीय नै आरोप लगाएका छन्। 

Ad

 

Advertisement

स्थानीयवासीका भनाइ अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाको मातहतमा पर्ने विभिन्न सीमावर्ती क्षेत्रमा चोरी–तस्करी बढिरहेको छ। दिनभरि सुनसान देखिने नाका बाट रातीको समयमा तस्करको लश्कर लाग्ने गरेको स्थानीय सर्वसाधारण जनताले जानकारी दिएका हुन्। 

Advertisement

 

घरायसी प्रयोजनका लागी सीमा पारी गै किनमेल गरी सामान ल्याउदा नियम कानुन को पाठ सिकाउने, भन्सार छलीको विषमा जन चेतना जगाउने प्रहरीले खुल्ला रुपमा रातभरि तस्करको संरक्षणमा जुट्ने गरेकोे आरोप समेत स्थानीय लगाउँछन्।

 

ईलाका प्रहरी कार्यालय पोखरीयाका घुमवा रहेका कृष्ण यादव केही महीना पहिला वीरगंज बजार क्षेत्रमा रहेको अस्थायी प्रहरी पोस्ट रानीघाट मा कार्यरत हुँदा त्यहाँ पनि घुमवा प्रहरी बसेका थिए। अहिले पोखरीयामा घुमवा को रूपमा रहेका कृष्ण यादव तस्कर समुहसँग साँठगाँठ र सम्बन्ध बनाउनमा विज्ञ रहेका ब्यक्ति हुन्।

 

तर, यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरी कर्मचारीमाथि नै तस्करीमा संलग्न समूहसँग साँठगाँठ गरेको र आर्थिक प्रलोभनमा परेको इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी कर्मचारी कृष्णा यादवमाथि घुमुवाको जिम्मेवारीमा रहँदा तस्करीमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरेको तथा ठूला तस्करबाट मासिक रूपमा रकम उठाउने गरेको आरोप लागेको छ। उक्त रकम कार्यालय प्रमुखसम्म पुर्‍याउने गरिएको दाबीसमेत स्रोतले गरेको छ । 

 

घुमुवा प्रहरीको मुख्य जिम्मेवारी अपराध नियन्त्रण, सूचना सङ्कलन र शङ्कास्पद गतिविधिको निगरानी गर्नु हो । तर , यही जिम्मेवारीमा रहेका कर्मचारीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप लाग्नु प्रहरी सङ्गठनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न हो।

 

स्थानीयवासीका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको मातहतमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकीटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टी, प्रसौनीभाठ्ठा, टिहुकी र बुडगाईलगायतका क्षेत्रमा तस्करीजन्य गतिविधि बढेको गुनासो छ । ठूला तस्करमाथि प्रभावकारी कारबाही नगर्ने तर सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्।

 

घुमुवा प्रहरीका गतिविधिबारे पटक–पटक गुनासो गर्दा पनि कार्यालय प्रमुख अर्यालले चासो नदेखाएको स्थानीयको आरोप छ । यदि यी आरोप सत्य हुन् भने त्यसले प्रहरीको निगरानी प्रणाली र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्र

श्न खडा गर्छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation