KATHMANDU WEATHER
Horizontal Scroll Menu
गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल जारी छ।

 

आईजीपी राजु अर्यालसहित सशस्त्रका उच्च अधिकारीको उपस्थितिमा भएको छलफलमा हालसम्मका कामको समीक्षा र सुधार गर्न पर्ने बिषयमा कुराकानी भइरहेको छ।

 

बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे विस्तृत छलफल गरिएको छ।

 

 

सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयमा गृहमन्त्री र सशस्त्रका अधिकारीले जोड दिएका छन्।

 

यसका साथै सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय पनि गरिएको छ।

 

 

तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइसकिएको जानकारी त्यहाँ गृहमन्त्रीले दिएका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३