ईप्रका सिम्रौनगढको मिलोमतोमा ठुलो मात्रामा तस्करी सूचारु माथिल्लो निकाय मौन
मधेश प्रदेशको बारा जिल्ला स्थित नेपाल प्रहरीका प्रहरी निरीक्षक किसुन्देव साह केडीले आर्थिक आतंक मच्चाएको आरोप लागन थालेको छ।ईलाका प्रहरी कार्यालय सिम्रौन्गढका प्रमुख एवम प्रहरी निरीक्षक साहले अपराधीक गतिविधि नियन्त्रण गर्नुको सट्टा आफ्नो ईलाका क्षेत्रमा रहेको सिमानाका देखि ईलाका क्षेत्रमा रहेको अबैध घरेलु मदिरा भठी, मदिरा बिक्रीबितरण गर्न व्यापारीहरु आर्थिक असुलीलाई निरन्तरता दिएको खवर प्राप्त भएको छ।
ईप्रका सिम्रौनगढको मातहत पर्ने पथालवा घाट,पिपरपाती,बैरिया,बेलदारी, खज्जानी र कोचोर्वा चौकीका ईन्चार्जहरु संग समन्वय गरि प्रहरी निरीक्षक साहले जिल्लाको एसपी देखि डिआईजीको नाऊमा समेत रकम बुझने गरेको नाम नछाप्रने सर्तमा एक प्रहरी व्यापारीले बताएका छन्।
ईन्सपेकटर साहको संरक्षणमा सिम्रौनगढ नाकाबाट भोला र दिपकको ग्रुपले ५र७ वटा मोटरसाइकलमा कपडा , चाईनिज स्याऊ ,संदिप ग्रुपले तयारी कुखुरा र लत्ताकपडाको १०र१२ वटा मोटरसाइकलमा काम गर्ने छुट गरेका छन।त्यसैगरि अमरपुर नाकाबाट दिपक कपडाको , बैरिया नाकाबाट धानको बिऊ र मलको प्रमोद , राजु,उपेन्द्र र राजुको ठुलो मात्रामा तस्करीको
लाईन खुल्ला भएको छ।भन्ने कवलपुरघाटबाट राजकुमार र अखलेशको ट्याकटरबाट धानको तस्करी हुँदै आएको छ।त्यसैगरि अरबिन्द साह हाडयेवर, कपडा पथालवाघाट,सत्रोधन कुखुराको चल्ला बैरिया, सन्दिप कोचोर्वा कपडा र चल्ला र लागुऔषध गाँजा अहिले ठुलो मात्रामा,रामनगर ,खज्जानी र पथालवाघाट भई तस्करी भईरहेको स्थानियहरुले बताउँछन् ।
जेनजी अन्दोलनपछि देशको प्रधानमन्त्री देखि गृहमन्त्री सम्म परिवर्तन भएपनि बारा जिल्ला स्थित रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा केही परिवर्तन नभएको स्थानियहरुले बताउछन् ।
यश बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालय बाराको एसपी नरेन्द्र कुँवरलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेनन् ।साभार (आपण जनकपुर
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३