KATHMANDU WEATHER
Horizontal Scroll Menu
इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले ओमानको खाडीमा इरानी झण्डा भएको एउटा विशाल मालबहाक जहाज नियन्त्रणमा लिएको दाबी गरेका हुन् । समुद्री नाकाबन्दी उल्लंघन गर्न खोजेपछि उक्त जहाजमाथि बल प्रयोग गरिएको उनको दाबी छ।

नियन्त्रणमा लिइएको जहाजको नाम ‘टुस्का’ रहेको छ । यो करिब ९०० फिट लामो कन्टेनर जहाज हो । राष्ट्रपति ट्रम्पले यसलाई विमान वाहक जहाज जत्तिकै ओजन भएको भनी ट्रुथ सोशलमा व्याख्या गरेका छन् ।

अमेरिकी सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरतर्फ जाँदै थियो ।

 

अमेरिकी गाइड–मिसाइल डिस्ट्रोयरले जहाजलाई रोक्न ६ घण्टासम्म पटकपटक चेतावनी दिएको र चालक दलले आदेश नमानेपछि अमेरिकी नौसेनाले जहाजको ‘इन्जिन रुम’मा आक्रमण गरी बीच समुद्रमै रोकेको थियो ।

यता, इरानले भने यसलाई सशस्त्र समुद्री डकैती र युद्धविरामको उल्लंघन भनेको छ । इरानी सैन्य मुख्यालय ‘खातम अल–अम्बिया’ ले यसको बदलामा चाँडै नै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानले उक्त जहाज चीनबाट आएको बताएको छ ।

तनावको मुख्य केन्द्र स्ट्रेट अफ हर्मुज क्षेत्रमा दुवै पक्षले नाकाबन्दी जारी राखेका छन्।

स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल पारवहन मार्ग हो, जहाँबाट विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने गर्दछ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३