KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै

जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै

२२ वैशाख, जनकपुरधाम । जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् ।

 

Call Us for Ads

 

 

‘जनमत पार्टीको संसदीय दलको नेता म महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठक विनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सकारको मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु’ उनले पत्रमा लेखेका छन् ।

सोमबार राति जनमतका प्रमुख सचेतक चन्दन सिंहले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

 

 

 

जनमत पार्टीका ९ जना सांसदहरूले सरकारको समर्थन फिर्ता लिएको पत्र पठाएका थिए । जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सि‌ंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बहुमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।

मधेश सरकारमा जनमत पार्टीबाट संसदीय दलका नेता र महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री छन् । प्रदेश सभामा जनमत पार्टीका हाल १२ जना सदस्य छन् । ती मध्ये बबिताकुमारी राउत उपसभामुख छिन् ।

मधेशमा एमाले बाहेक सबै दल मिलेर सरकार बनेको छ । जनमत पार्टीका सांसदहरूको यो निर्णयसँगै कांग्रेस नेतृत्वको सरकारको विकल्पमा वैकल्पिक गठबन्धन बन्न खोजेको संकेत देखा परेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जना चाहिन्छ ।  प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १२, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation