KATHMANDU WEATHER
Horizontal Scroll Menu
जापान रोजगारीका नाममा ठगी बढ्दो : वैदेशिक रोजगार विभागको गम्भीर ध्यानाकर्षण, सावधान रहन आग्रह

जापान रोजगारीका नाममा ठगी बढ्दो : वैदेशिक रोजगार विभागको गम्भीर ध्यानाकर्षण, सावधान रहन आग्रह

 

काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जापानमा रोजगारीका नाममा भइरहेको ठगी तथा अनियमित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली राजदूतावास, टोकियो (जापान) बाट प्राप्त सूचनाका आधारमा विभागले जापानमा वैदेशिक रोजगारसम्बन्धी गैरकानुनी गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो।

विभागका अनुसार पछिल्लो समय जापानमा व्यावसायिक कुक, केयरगिभर, सीपयुक्त कामदार तथा अन्य विभिन्न क्षेत्रमा रोजगारी लगाइदिने बहानामा ठगी गर्ने घटनाहरू बढ्दै गएका छन्। व्यक्तिगत श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै केही व्यक्ति, कम्पनी तथा संस्थाहरूले गैरकानुनी रूपमा काम र आकर्षक तलबको आश्वासन दिने, चर्को शुल्क असुल गर्ने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नदिने गुनासोहरू विभागमा प्राप्त भइरहेका छन्।

सूचनामा उल्लेख भएअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने आधिकारिक अनुमति नपाएका विभिन्न कम्पनी, संस्था तथा व्यक्तिहरूले जापानमा काम लगाइदिने भन्दै नक्कली कागजात तयार पार्ने, व्यक्तिगत श्रम स्वीकृतिका लागि आवेदन गराउने र सेवाग्राहीसँग ठूलो रकम असुल गर्ने जस्ता गतिविधि गरेको पाइएको छ। यस्तो कार्य वैदेशिक रोजगार ऐन विपरीत भएकाले दोषी व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागले जापान रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई भिसाको प्रकार, रोजगारदाता, सम्बन्धित कम्पनी वा संस्थासँग भएको करार सम्झौता (COE) तथा कामको आधिकारिक विवरणबारे पूर्ण जानकारी लिएर मात्र श्रम स्वीकृतिका लागि आवेदन गर्न अनुरोध गरेको छ। कसैले पनि जापान पठाइदिने नाममा भिसा, COE वा करार सम्झौता उपलब्ध गराइदिने भन्दै रकम मागेमा तुरुन्त सम्बन्धित निकायमा उजुरी दिन समेत आग्रह गरिएको छ।

त्यस्तै, Transport Driver Candidate Visa अन्तर्गत व्यक्तिगत श्रम स्वीकृतिका लागि विगतमा पेश भएका केही निवेदनहरूबारे पनि विभागले स्पष्टिकरण दिएको छ। उक्त भिसा अन्तर्गत जापानमा ड्राइभिङ लाइसेन्सको परीक्षा उत्तीर्ण गरेपछि मात्र रोजगार सुनिश्चित हुने अवस्था रहेको र स्वदेशमै रोजगारदाता खोज्नुपर्ने भएकाले यस प्रकारको भिसामा श्रम स्वीकृति जारी नगरिने स्पष्ट गरिएको छ।

वैदेशिक रोजगार विभागले जापान रोजगारीका नाममा हुने कुनै पनि किसिमका ठगी, अनियमितता तथा गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने दोहोर्‍याउँदै आम नागरिकलाई सचेत र सावधान रहन पुनः आग्रह गरे.को छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३