जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन
आकाठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएका सरकारी गाडीका नाममा समेत कर्मचारीले इन्धन लिइरहेको खुलेको छ।
उक्त कुरा खुलासा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्।‘जेन-जी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले छानबिनका लागि मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छन् ।उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी जम्मा २४ वटा गाडी जलाइको थियो।
भदौ २४ गते जलाएर पूर्ण रूपमा क्षति भई कामै नलाग्ने अवस्थामा पुगेका ती सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको थियो।
जलिसकेका गाडीका नाममा पनि कर्मचारीहरूले बिल बनाएर भुक्तानी लिइरहेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेको उनको सचिवालयले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
