KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

बारा ।

 

बारा जिल्लाको जितपुरस्थित प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उमेश निरौलाको कार्यशैलीलाई लिएर स्थानीय तथा व्यवसायीहरूले गम्भीर गुनासो गर्न थालेका छन्। प्रहरी चौकीको क्षेत्र हुँदै हुने अवैध मालसामानको ओसारपसारदेखि राजमार्गमा गुड्ने मालवाहक ट्रकसम्मबाट रकम असुली हुने गरेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्।

Call Us for Ads

स्थानीयका अनुसार पर्सा–बारा सीमाक्षेत्र हुँदै जितपुरतर्फ भित्रिने तस्करीजन्य मालसामानबाट चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमार्फत नियमित रूपमा ‘महिनावारी’ रकम उठाउने गरिएको आरोप छ। रकम नदिने कारोबारी तथा मालवाहक सवारीसाधनलाई विभिन्न बहानामा दुःख दिने गरेको समेत गुनासो सुनिएको छ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गमै प्रहरी चौकी रहेकाले रातिको समयमा भारतबाट आउने मालवाहक ट्रक तथा वीरगञ्जका ट्रान्सपोर्टबाट खाद्यान्नलगायतका सामान बोकेर आवतजावत गर्ने सवारीसाधनबाट समेत रकम उठाउने गरिएको आरोप स्थानीयको छ। यस्तो रकम चौकी प्रमुखको निर्देशनमा उठाउने गरिएको दाबी स्रोतले गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

घरेलु मदिरा कारोबारीबाट समेत नियमित रकम?

सिमरा र अमलेखगञ्ज क्षेत्रमा उत्पादन हुने घरेलु मदिरा वीरगञ्जतर्फ ओसारपसार गर्ने कारोबारीबाट समेत जितपुर हुँदै आवतजावत गर्दा नियमित रकम असुल्ने गरिएको गुनासो बढेको छ।

स्थानीय स्रोतका अनुसार घरेलु मदिरा बोकेका सवारीसाधन तथा कारोबारीसँग रकमको लेनदेन हुने गरेको आरोप छ। रकम नदिए सवारीसाधन रोक्ने वा अनावश्यक दुःख दिने गरिएको उनीहरूको दाबी छ।

‘सामान्य काममा पनि पैसा मागिन्छ’

जितपुर प्रहरी चौकीमा सामान्य झैझगडा, उजुरी तथा मुद्दा–मामिलासम्बन्धी काम लिएर पुग्ने सेवाग्राहीले समेत आर्थिक लेनदेनबिना काम अघि नबढ्ने गरेको गुनासो गरेका छन्।

एक स्थानीयका अनुसार, “सामान्य विषय लिएर प्रहरी चौकी पुग्दा पनि पैसा माग्ने वातावरण बनेको छ। पैसा दिन नसक्ने सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने र उल्टै धाकधम्की दिने गरिएको गुनासो छ।”

प्रहरी नागरिकको सुरक्षा, कानुन कार्यान्वयन र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवार निकाय हो। प्रहरी चौकीकै नाम जोडेर नियमित रकम असुली, तस्करीजन्य गतिविधिमा संरक्षण तथा सेवाग्राहीसँग आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक हुनुले प्रहरी प्रशासनप्रतिको जनविश्वासमा समेत प्रश्न उठ्न सक्ने स्थानीयको भनाइ छ।

स्थानीयले वरिष्ठ प्रहरी नायब निरीक्षक उमेश निरौलासहित चौकीमा कार्यरत प्रहरी कर्मचारीको कार्यशैलीबारे सम्बन्धित प्रहरी उच्च अधिकारीले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् समाचार स्रोत साभार -themadheshtimes.com 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation