कांग्रेसको वैधानिकता विवाद ‘हेर्दाहेर्दै’माः सर्वोच्चबाट भोलि आदेश आउन सक्ने
३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद र आधिकारिकताको लडाइँ सर्वोच्च अदालतको इजलासमा बहसकै क्रममा रहेको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले दायर गरेको रिट र महाधिवेशन कार्यतालिका स्थगनको माग गरिएको मुद्दामा बिहीबार सुनुवाइ भए पनि निष्कर्षमा पुग्न सकेन ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दालाई आज ‘हेर्दाहेर्दै’मा राखिएको छ, जसको अर्थ भोलि शुक्रबार सोही इजलासमा यसको निरन्तर सुनुवाइ हुनेछ ।
बिहीबारको बहसमा मुख्य गरी रिट निवेदक अर्थात् देउवा पक्षका कानुन व्यवसायीहरू र निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरेका थिए । देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आयोगले हठात् मान्यता दिएको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेको छ। अर्कोतर्फ, मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको र नयाँ सदस्यता खुलाइएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा पनि सँगै बहस भइरहेको छ ।
अदालती प्रक्रिया अनुसार भोलि शुक्रबारको इजलासमा गगन–विश्व (थापा र शर्मा) पक्षका वकिलहरूले आफ्नो प्रतिरक्षा बहस गर्ने कार्यतालिका रहेको छ। प्रतिपक्षी पक्षको बहस सकिएपछि निवेदक पक्षले जवाफी बहस गर्नेछन् र त्यसलगत्तै सर्वोच्चले कुनै ठोस आदेश सुनाउने सम्भावना प्रबल रहेको कानुन व्यवसायीहरूले बताएका छन् ।
कांग्रेसको कुन पक्षले वैधानिकता पाउने र १५औँ महाधिवेशन तोकिएकै समयमा हुने वा नहुने भन्ने कुराको फैसला भोलिको सम्भावित आदेशले तय गर्ने देखिएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३