KATHMANDU WEATHER
Horizontal Scroll Menu
करेन्ट लागेर वृद्धाको मृत्यु

करेन्ट लागेर वृद्धाको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्रपुर नगरपालिका–८ बसन्तपुरस्थित आफ्नी छोरी–ज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन् । आइतबार दिउँसो करिब १२ बजे मटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उहाँ गम्भीर घाइते भएकी थिइन् ।

 

घाइते चौधरीलाई तत्काल उपचारका लागि चपुरस्थित अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा टोली खटिएको थियो । टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ ।

 

शव परीक्षणका लागि सरकारी अस्पताल चपुर पठाइएको र पोस्टमार्टमपछि अपराह्न शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३