KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मतपत्र छपाइमा ढिलाइपछि कांग्रेस महाधिवेशनको मतदान स्थगित, शुक्रबार बिहानबाट हुने

मतपत्र छपाइमा ढिलाइपछि कांग्रेस महाधिवेशनको मतदान स्थगित, शुक्रबार बिहानबाट हुने

बिरगंज, पर्सा २२ असोज 

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन। मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको हो।

Advertisement

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले सबै मतपत्र छपाइ भइसकेको छ भने मतदानका लागि आवश्यक सम्पूर्ण तयारीसमेत पूरा भएको छ। यद्यपि रातको समयमा मतदान गराउनु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मतदान प्रक्रिया शुक्रबारका लागि स्थगित गरिएको हो।

Ad

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानका लागि आवश्यक जनशक्ति, स्वयंसेवक तथा मतदान केन्द्रको व्यवस्थापन तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। आवश्यक परे थप सुरक्षा व्यवस्थासमेत गर्न सकिने गरी तयारी पूरा भएको समितिले जनाएको छ।

Advertisement

मतदानका लागि मतदाताहरू बिहानैदेखि प्रतीक्षामा रहे पनि राति अबेरसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्नु उपयुक्त नहुने विभिन्न पक्षबाट सुझाव आएको समितिले जनाएको छ।

Advertisement

त्यसैगरी, सम्भावित प्रतिकूल मौसमको अवस्थालाई समेत ध्यानमा राख्दै रातको समयमा मतदान प्रक्रिया अघि नबढाउने निर्णय गरिएको निर्वाचन समितिको भनाइ छ।

पार्टी नेतृत्वले तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि निर्वाचन समितिले रातिको समयमा भन्दा बिहानै मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया अब शुक्रबार बिहानबाट अघि बढ्ने भएको छ। मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धारित समयमै मतदान सुरु गर्ने तयारी निर्वाचन समितिको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation