नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने: चालू वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण
१५ बैशाख, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
अर्थतन्त्रमा देखिएका विभिन्न उतारचढावका बीच मुलुकको अर्थतन्त्रको कुल आकारमा उल्लेख्य विस्तार भई ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष उत्पादन र सेवा क्षेत्रमा आएको सुधारले गर्दा ५ खर्बभन्दा बढीको वृद्धि देखिने कार्यालयको तथ्याङ्कले देखाउँछ ।
क्षेत्रगत वृद्धिको विश्लेषण गर्दा ऊर्जा क्षेत्रले सबैभन्दा लोभलाग्दो प्रगति गरेको छ। विद्युत् र ग्यास क्षेत्रमा २० दशमलव ९३ प्रतिशतको उच्च वृद्धि हुने देखिएको छ भने वित्तीय तथा बिमासम्बन्धी सेवाहरूले ९ दशमलव १६ प्रतिशतको बढोत्तरी हासिल गर्ने अनुमान छ ।
पछिल्लो समय चलायमान बनेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा ८ दशमलव २१ प्रतिशत र पर्यटनसँग सम्बन्धित आवास तथा भोजन सेवा (होटलररेस्टुरेन्ट) मा ७ दशमलव १२ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
यस्तै यातायात, सञ्चार र स्वास्थ्य क्षेत्रले पनि क्रमशः ५ दशमलव ७९, ५ दशमलव ५३ र ४ दशमलव ०४ प्रतिशतको सकारात्मक वृद्धि हासिल गर्ने देखिएको छ ।
तथ्याङ्कअनुसार उद्योग र निर्माण क्षेत्रको वृद्धिदर भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । उद्योग क्षेत्रमा २ दशमलव ८३ प्रतिशत र निर्माण क्षेत्रमा २ दशमलव ३१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
मुलुकको मेरुदण्ड मानिने कृषि, वन तथा मत्स्य क्षेत्रमा १ दशमलव २८ प्रतिशतको मात्र न्यून वृद्धि हुने देखिएको छ भने शिक्षा र सार्वजनिक प्रशासनको क्षेत्रमा क्रमशः १ दशमलव ५० र शून्य दशमलव २३ प्रतिशतको झिनो बढोत्तरी रहने कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसरी ऊर्जा र सेवा क्षेत्रको बलियो योगदानका कारण समग्र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३