KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
आदेशको पर्खाइ नगरी निर्वाचन सुरक्षामा खटिन सशस्त्र प्रहरीलाई आईजी अर्यालको निर्देशन

आदेशको पर्खाइ नगरी निर्वाचन सुरक्षामा खटिन सशस्त्र प्रहरीलाई आईजी अर्यालको निर्देशन

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभरका सशस्त्र प्रहरी युनिटलाई आवश्यक परे आदेशको पर्खाइ नगरी तुरुन्त परिचालन हुन निर्देशन दिएका छन्। उनले निर्वाचनका क्रममा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परे तत्काल सुरक्षात्मक कारबाहीमा सक्रिय हुन स्पष्ट आदेश दिएका हुन्।

 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा माघ २७ र २८ गते निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्दै आईजी अर्यालले भूकम्पजस्ता विपद्मा जस्तै आपतकालीन अवस्थामा स्वतः परिचालन हुनुपर्ने बताएका छन्। उनले सुरक्षाकर्मीलाई ढिलाइ नगरी आवश्यक कदम चाल्न र त्यसपछि मुख्यालयलाई जानकारी गराउन निर्देशन दिएका हुन्।

Call Us for Ads

 

आईजी अर्यालले भने, “आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्। आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो।”

 

मंगलबार उनले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन सुरक्षाकर्मीलाई उच्च आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए। सोही दिन स्याङजा र पाल्पाका सशस्त्र प्रहरी युनिटहरूको अनुगमन गर्दै उनले जिल्लास्तरीय सुरक्षा समितिसँग छलफल गरेका थिए।

 

स्याङजास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल तथा अन्य सुरक्षा अधिकारीहरूसँग बैठक गरी निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिइएको थियो। निर्वाचन विथोल्ने प्रयासलाई असफल बनाउन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताएका छन्। उनले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न कुनै कमजोरी नगर्न निर्देशन दिएका थिए।

 

स्याङजाका प्रमुख जिल्ला अधिकारी अर्यालले महानिरीक्षकको स्थलगत अनुगमनले जिल्लाको सुरक्षा व्यवस्थापनमा थप ऊर्जा मिलेको प्रतिक्रिया दिएका छन्।

 

यस क्रममा आईजी अर्यालले स्याङजा वालिङस्थित नं. ३० गुल्म, गल्याङ निर्वाचन सुरक्षा बेस तथा पाल्पास्थित नं. ३५ गुल्मको निरीक्षण गरी सुरक्षा तयारी अवस्थाबारे जानकारी लिएका थिए। पाल्पामा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले सुरक्षा तयारीबारे ब्रिफिङ गरेकी थिइन्। त्यहाँ प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरसहित सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्लाको समग्र शान्ति सुरक्षाबारे छलफल गरिएको थियो।

 

बुधबार आईजी अर्यालले गुल्मी जिल्लामा समेत निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन्। साथै उनले लुम्बिनी प्रदेशमा समेत स्थलगत भ्रमण र अनुगमन गर्दै सुरक्षा तयारीको मूल्यांकन गरेका छन्।

 

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहतका विभिन्न युनिटहरूको अनुगमन गरी निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन्।

 

निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले देशव्यापी रूपमा सुरक्षा तयारीलाई तीव्रता दिएको जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation