KATHMANDU WEATHER
Horizontal Scroll Menu
ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यसँग विश्वराज पोखरेलसँगको भेटघाटका क्रममा भएको असहजताप्रति फेरि क्षमायाचना गरेको छ।

विद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख १० गते बिहान करिब ९ बजे प्रतिनिधिसभा सदस्य पोखरेल विद्यालयको समस्या र शैक्षिक गतिविधिबारे जानकारी लिन पूर्वनिर्धारित कार्यक्रमअनुसार आएका थिए।

 

विज्ञप्तिमा प्रधानाध्यापक सन्तबहादुर मगर विद्यालयका समस्या तथा मागपत्र तयार गर्ने क्रममा कार्यकक्षमा व्यस्त रहेका कारण सांसद विद्यालय प्रवेश गरेको जानकारी समयमै नपाएको उल्लेख छ।

केही समयपछि मागपत्रसहित स्वागत गर्न बाहिर निस्कँदा सांसद पोखरेल छोटो समयमै विद्यालय परिसरबाट बाहिरिइसकेको जनाइएको छ।

 

त्यसपछि प्रधानाध्यापक मगरले बाहिरी गेटमा सांसदलाई भेटी स्वागत गर्दै क्षमा याचनासहित मागपत्र पेश गरेको र पछि विद्यालय कार्यालयमा बसेर विभिन्न विषयमा छलफल भएको विद्यालयले जनाएको छ। छलफल सौहार्द वातावरणमा भएको पनि विज्ञप्तिमा उल्लेख छ।

घटनाका कारण सांसद पोखरेलको मान–मर्यादामा पर्न गएको असरप्रति विद्यालय परिवारले पुनः क्षमा याचना गरेको जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३