KATHMANDU WEATHER
Horizontal Scroll Menu

पर्सा१ मा काग्रेस उम्मेदवार अनिल रुगँटा माथि जनआक्रोस बढदै;``सिजनल नेताको आरोप´´

वीरगंज २८माघ 

फागुन २१ गते आसन्न प्रतिनिधि सभाको उम्मेदवार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अनिल रुगँटा चुनाव अघिपछि कहिले जनताको माझमा नदेखिने नेता हुन । 

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रदिप यादब सँग ४ हजार ६ सय ५१ मतले पराजित भएका थिए । 

२०७४ सालको निर्वाचनमा जसपा नेपालवाट प्रदिप यादवले प्रतिनिधि सभाको निर्वाचनमा पर्साको क्षेत्र नं १ बाट २११३२ मत ल्याएर बिजयी भएका थिए भने यादबका प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटाले १६४८१ मत ल्याएर ठुलो मतले रुगँटा पराजित हुन पुगेका थिए। 

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगँटा झण्डै ८ बर्ष पछी कांग्रेसबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन्। 

उम्मेदवार रुगँटा कहिले जनताको बिचमा कहिले पनि जनताको सुख दुःखमा देखा नपर्ने नेता हुन । 

रुगँटा नेता कम र उनि एक सफल उधोगी व्यापारी हुन । 

उनी जितेर गएपनि हारेपनी उनी फेरी ५ वर्ष पछि चुनावमा देखिने नेतामा गनिने नेता भएको पर्सा निर्वाचन क्षेत्र नं १ का मतदाताहरुको आरोप रहेको छ । 

पर्साको राजनीतिमा आज सबैभन्दा ठूलो प्रश्न एउटै छ—के जनताको चाहना सुन्ने नेता चाहि‌एको हो, कि आफ्नै व्यपार व्यवसाय सञ्चालन गर्ने नेता खोजिएको हो जनता आफै अन्यौलमा परेका छन्। 

यही प्रश्नको केन्द्रमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुंगटाको नाम जोडिँदै गएको छ।

जनताको आवश्यकता एकातिर छ, तर रुंगटाको राजनीतिक दिशा अर्कै मोडमा दौडिरहेको स्पष्ट देखिन्छ।

स्थानीय बासिन्दाले लामो समयदेखि अनुभूति गर्दै आएको यथार्थ के हो भने अनिल रुंगटा जनताको दैनिक समस्या, पीडा र अपेक्षाभन्दा टाढा रहदै आएकाछन्।

शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत विकास जस्ता मुद्दा जनताको पहिलो प्राथमिकता भए पनि रुंगटाको गतिविधि चुनावी गणित, शक्ति सन्तुलन र सीमित समूहको वरिपरि मात्र घुमिरहेको आरोप खुलेआम लाग्न थालेको छ।

करिब ८ वर्षसम्म आफनो क्षेत्रसँग लगभग सम्पर्क विहीन रहनु र चुनाव नजिकिँदै गर्दा मात्र जनतामाझ देखिनु जनताले सहजै पचाएका छैनन्।

“हामीलाई वर्षौंदेखि नदेखिने नेता आज हामीकै हितको कुरा गर्छन्, यो नाटक अब चल्दैन,” एक मतदाताले हामीलाई आक्रोश व्यक्त गरेका छन्।

राजनीतिक जान्नेहरुले—रुंगटाको योजना जनतामा आधारित होइन, सत्ता र पहुँचमा आधारित छ भन्छन।

यही कारण जनविश्वास निरन्तर ओरालो लागिरहेको छ। 

रुगँटा जनताको भावना नबुझी, आलोचनालाई बेवास्ता गर्दै अघि बढ्ने शैलीले उनलाई ‘सिजनल नेता’ को सूचीमा झन् मजबुत बनाइदिएको छ।

आज पर्साका मतदाता चेतनशील भई सकेका छन्। 

जनताको स्पष्ट सन्देश छ—जो क्षेत्रमै बसेर काम गर्दैन,जनताको समस्या सुन्दैन र जिम्मेवारी लिँदैन, उसलाई अब मतको सहारा दिइँदैन मतदाताहरु स्वयं भनिरहेका छन् । 

उम्मेदवार अनिल रुगँटा जनताको बिचमा नदेखिएकोले चुनाव चिनावमा मात्र देखिने भएकाले फागुन २१ गतेको निर्वाचनमा उनलाई यसपालीको प्रतिनिधि सभाको निर्वाचनमा विजयी हासिल गर्न त्यति सजिलो देखिदैन । रुगँटाको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार प्रदिप यादव सँग भएपनी अहिले रुगँटा भन्दा प्रदिप यादवको पलरा भारी रहेको देखिन्छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३