KATHMANDU WEATHER
Horizontal Scroll Menu
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।

‘…म यति मात्र भन्न चाहन्छु,  आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३