KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पश्चिम बङ्गालमा शुभेन्दु अधिकारी मुख्यमन्त्री, ४६ वर्षपछि भाजपाको सरकार

पश्चिम बङ्गालमा शुभेन्दु अधिकारी मुख्यमन्त्री, ४६ वर्षपछि भाजपाको सरकार

२६ वैशाख,काठमाडौं । भारतको पश्चिम बङ्गालमा शुभेन्दु अधिकारी ले मुख्यमन्त्री पदको शपथ लिएका छन्। कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित समारोहमा पश्चिम बङ्गालका राज्यपाल आर.एन रवि ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

अधिकारीसँगै पाँच जना मन्त्रीले पनि शपथ लिएका छन्।

 

भारतीय जनता पार्टी ले पश्चिम बङ्गालमा स्थापना भएको ४६ वर्षपछि पहिलो पटक सरकार गठन गरेको हो। यसअघि तृणमूल कंग्रेस ले वामपन्थी दलको सत्ता समाप्त गर्दै लगातार १५ वर्ष शासन गरेको थियो।

Call Us for Ads
 

२ सय ९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा यसपटक भाजपाले २ सय ७ सिट जित्दै दुईतिहाइ बहुमतसहित सरकार बनाएको छ। तृणमूल कंग्रेसले भने ८० सिटमा सीमित हुनुपरेको छ।

निर्वाचन परिणामपछि पूर्व मुख्यमन्त्री ममता बनर्जी ले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन अस्वीकार गरेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको बताइएको छ।

यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् २०२१ मा भाजपा प्रवेश गरेका थिए। यसपटक निर्वाचनमा ममता बनर्जीलाई नै पराजित गरेपछि उनको राजनीतिक प्रभाव अझ मजबुत बनेको विश्लेषण गरिएको छ।

मुख्यमन्त्री नियुक्तिपछि आयोजित शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए। त्यसअघि गृहमन्त्री अमित शाह को उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दलको नेता चयन गरेको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation