KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द

पिपरा । सरुवा भएर पनि नयाँ कार्यस्थलमा हाजिर नभई साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर नगराइएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।

Advertisement

मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि नै अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको कार्यालयमा हाजिर नगरी उनी पिपरा गाउँपालिकामै कार्यरत रहँदै आएका थिए।

Advertisement

यसैबीच, गाउँपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कर्मचारी खटाइए पनि गाउँपालिकाले उनलाई हाजिर गराई जिम्मेवारी दिएको थिएन। सरुवा भएको निकायमा हाजिर नभई साविककै कार्यालयमा काम गरिरहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई समेत जिम्मेवारीमा नल्याइएको विषयमा मन्त्रालयले आवश्यक निर्णय गरेको हो।

Ad

मन्त्रालयले पिपरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ।

Advertisement

त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ। उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनमा आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।

Advertisement

मन्त्रालयले सरुवा तथा पदस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नगरी साविककै कार्यालयमा कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै नयाँ खटाइएका कर्मचारीलाई जिम्मेवारीमा ल्याउन स्थानीय तहलाई निर्देशन दिएको हो।

मन्त्रालयको निर्देशनसँगै अब पिपरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation