KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्रधानमन्त्रीको नाम दुरुपयोगबारे निष्पक्ष छानबिन गर्न जस्मिन ओझाको माग

प्रधानमन्त्रीको नाम दुरुपयोगबारे निष्पक्ष छानबिन गर्न जस्मिन ओझाको माग

बिरगंज, पर्सा, १३ कार्तिक 

Advertisement

काठमाडौं । जेनजी अभियन्ता जस्मिन ओझाले प्रधानमन्त्री बालेन्द्र शाहको नाम प्रयोग गरेर सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क गरिएको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

Advertisement

 

Ad

प्रधानमन्त्रीको प्रतिनिधि बताउने इनम सापकोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क गरी विचाराधीन मुद्दाको विषयमा प्रभाव पार्न खोजेको भनिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने ओझाको धारणा छ।

Advertisement

 

Advertisement

न्यायाधीश हरि फुयालले इनम सापकोटासँग सम्पर्क तथा भेटघाट भएको स्वीकार गरेको प्रसंग उल्लेख गर्दै ओझाले प्रधानमन्त्रीको नाम लिएर बाहिरी व्यक्तिले न्यायाधीशसँग सम्पर्क गर्नु र मुद्दाको परिणामबारे आग्रह गर्नु न्यायिक निष्पक्षतासँग जोडिएको संवेदनशील विषय भएको बताएकी छन्।

 

सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिनिधि भन्दै न्यायाधीशहरूसँग सम्पर्क गरेको र संवादका क्रममा ‘प्रधानमन्त्रीको चासो छ’ भन्दै विचाराधीन मुद्दा खारेज गर्न आग्रह गरिएको ओझाको भनाइ छ।

 

‘प्रधानमन्त्रीको नाम लिएर एउटा बाहिरी व्यक्तिले सर्वोच्च अदालतका न्यायाधीशसँग सम्पर्क स्थापित गर्ने र मुद्दाको परिणामबारे आग्रह गर्ने अवस्था कसरी बन्यो ?’ भन्ने प्रश्न उठाउँदै उनले घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने बताएकी छन्।

 

ओझाले यस घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता अहिलेसम्म प्रमाणित नभएको उल्लेख गर्दै कसैले व्यक्तिगत स्वार्थ वा कसैलाई फसाउने उद्देश्यले प्रधानमन्त्रीको नाम प्रयोग गरेको भए त्यसबारे पनि गहिरो अनुसन्धान हुनुपर्ने बताएकी छन्।

 

उनका अनुसार न्यायिक निष्पक्षता अदालतको अन्तिम फैसला कसको पक्षमा आयो भन्ने कुराले मात्र निर्धारण हुँदैन। विचाराधीन मुद्दाका क्रममा न्यायाधीश र बाहिरी व्यक्तिबीच भएका सम्पर्क, भेटघाट तथा संवादको औचित्य पनि स्पष्ट हुन आवश्यक छ।

 

त्यस्तै, महाभियोग लगाइदिने भन्दै न्यायाधीशलाई दबाब वा धम्की दिने विषयलाई समेत गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।

 

कानुनी शासन र न्यायपालिकाको गरिमा कायम राख्न नेपाल बार एसोसिएसनले घटनाको निष्पक्ष छानबिनको माग गर्नुपर्ने र अनुसन्धानको प्रगति तथा निष्कर्षमाथि समेत निगरानी गर्नुपर्ने ओझाले बताएकी छन्।

 

आरोप पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने तर पद र प्रतिष्ठाका आधारमा कसैलाई पनि अनुसन्धानको दायराभन्दा बाहिर राख्न नहुने उनको धारणा छ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation