रास्वपाका उम्मेदवारले साइबर बुलिङ र डिजिटल दुर्व्यवहारमा संलग्न नभएको घोषणा गर्नुपर्ने
बिरगंज, पर्सा, ३ कार्तिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिका लागि साइबर बुलिङ, अनलाइन ठगी तथा डिजिटल दुर्व्यवहारमा संलग्न नभएको स्वघोषणा अनिवार्य गरेको छ।
पार्टीको उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिँदा उक्त विवरणसहित आवश्यक स्वघोषणा पेस गर्नुपर्नेछ।
रास्वपाले उम्मेदवारका आकांक्षीले घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक स्थलमा अमर्यादित व्यवहार नगरेको घोषणा गर्नुपर्ने व्यवस्था पनि गरेको छ। यसका साथै शैक्षिक प्रमाणपत्र, वैवाहिक अवस्था, आर्थिक शुद्धता, स्वार्थको द्वन्द्व र विचाराधीन मुद्दासम्बन्धी विवरणसमेत सही रूपमा खुलाउनुपर्नेछ।
स्वघोषणामा झुटो विवरण पेस गरेमा वा महत्त्वपूर्ण तथ्य लुकाएको पाइएमा उम्मेदवारी स्वतः खारेज हुने व्यवस्था रूपरेखामा उल्लेख छ। यसले उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र नैतिक आचरणलाई प्राथमिकता दिन खोजिएको देखिन्छ।
यसैगरी, ‘क्यान्डिडेट क्लब’मा दर्ता भएका उम्मेदवारका आकांक्षीका लागि नेतृत्वसम्बन्धी प्रशिक्षण पनि अनिवार्य गरिएको छ। प्रशिक्षणमा साइबर सुरक्षा, डिजिटल साक्षरता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगलगायतका विषय समेटिनेछन्।
रास्वपाको यो व्यवस्थाले स्थानीय निर्वाचनका उम्मेदवारको व्यक्तिगत आचरणसँगै डिजिटल व्यवहार र सार्वजनिक जिम्मेवारीलाई समेत उम्मेदवार छनोटको महत्त्वपूर्ण आधार बनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






