रास्वपाकै कोर टिमबाट प्रधानमन्त्री बालेन्द्रलाई असफल बनाउने षड्यन्त्र भइरहेको प्रभु साहको आरोप
बिरगंज, पर्सा, ६ कार्तिक
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने रणनीति बनाइएको दाबी गरेका हुन् ।
उनले वर्तमान सरकारलाई अन्य राजनीतिक दलबाट कुनै खतरा नरहेको जिकिर गर्दै रास्वपाभित्रैबाट प्रधानमन्त्रीलाई असफल बनाउने प्रयास भइरहेको बताए । यस्तो गतिविधिबारे छिट्टै जनताले थाहा पाउने उनको भनाइ छ ।
आजपा अध्यक्ष साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा पूर्वउपसभापति एवं वर्तमान सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी गरेको आरोपसमेत लगाए ।
लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी तथा पछिल्लो समय धार्मिक यात्राका लागि पुनः भारत गएको प्रसंग उल्लेख गर्दै साहले रास्वपाका शीर्ष नेताहरूको भ्रमणलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताए । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले नेताहरूको लगातारको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने टिप्पणी गरे ।
साहले रास्वपाको कोर टिमले आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै प्रधानमन्त्री शाहलाई उपयोग गर्न खोजेको आरोप लगाउँदै यसप्रति सचेत रहन आग्रह गरे । रास्वपाको ध्यान देश र जनताको समस्याभन्दा चुनाव जित्ने र पद प्राप्त गर्ने विषयमा केन्द्रित रहेको उनको दाबी छ ।
‘घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन,’ साहले भने, ‘यस्तो अवसरवादी सोच भएकाहरुबाट सचेत हुनुपर्छ ।’
उनले रास्वपा सभापति लामिछानेसमर्थित कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको आरोप पनि लगाए । सामाजिक सम्बन्ध र मर्यादाको ख्याल नगरी सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको उनको टिप्पणी थियो ।
प्रधानमन्त्री शाहलाई आफ्नै दलभित्रबाट असफल बनाउने षड्यन्त्र भइरहेको भन्ने साहका आरोपबारे रास्वपाका सम्बन्धित नेताहरूको प्रतिक्रिया भने सार्वजनिक भएको विवरणमा उल्लेख छैन ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






