KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रास्वपाले स्थानीय तह उम्मेदवार छनोटका लागि कार्यदल गठन

रास्वपाले स्थानीय तह उम्मेदवार छनोटका लागि कार्यदल गठन

११ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन केन्द्रीय तहमा विशेष समिति गठन गरेको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो। समितिको सचिवमा केन्द्रीय सदस्य आरके ढुङ्गाना रहेका छन्।

 

समितिका अन्य सदस्यहरूमा समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की रहेका छन्।

Call Us for Ads
 

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन यो समिति गठन गरिएको जनाएको छ। समितिले देशभरका विभिन्न तहमा छलफल गरेर सुझाव संकलन गर्ने कार्ययोजना पनि बनाएको छ।

निर्णयअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी सुझाव पालिकामा पठाइनेछ। त्यसपछि वैशाख १६ गते पालिका, १७ गते जिल्ला र १८ गते प्रदेश तहमा छलफल गरी क्रमशः माथिल्लो तहमा सुझाव पठाइनेछ।

पार्टीले यस प्रक्रियामार्फत स्थानीय तहका लागि सक्षम र योग्य उम्मेदवार चयन गर्ने लक्ष्य राखेको जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation