KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रविलाई प्रधानमन्त्रीको ‘लोभ’ देखाएर बालेनसँग भिडाउने प्रयास ! पाँच वर्ष बालेनलाई नै साथ दिने अडान

रविलाई प्रधानमन्त्रीको ‘लोभ’ देखाएर बालेनसँग भिडाउने प्रयास ! पाँच वर्ष बालेनलाई नै साथ दिने अडान

बिरगंज, पर्सा, २१ कार्तिक 

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला उनीहरू निकटस्थहरूले भने यस्तो चर्चालाई निराधार भएको दाबी गरेका छन्।

Advertisement

 

Ad

निकटस्थ स्रोतहरूका अनुसार विभिन्न शक्तिकेन्द्रले रवि लामिछानेलाई प्रधानमन्त्री पदको प्रलोभन देखाएर बालेनसँग दूरी बढाउने प्रयास गरिरहेका छन्। तर रवि भने जनताले दिएको पाँच वर्षको म्यान्डेट पूरा गर्न बालेनलाई नै साथ दिने पक्षमा रहेको बताइएको छ।

Advertisement

 

Advertisement

रविको धारणा सरकारका दैनिक कामकारबाहीमा अनावश्यक हस्तक्षेप नगर्ने, तर गलत निर्णय वा नीतिगत कमजोरी देखिएमा प्रश्न उठाउने रहेको स्रोतको भनाइ छ। सरकारका केही निर्णयमा असहमति देखिनु स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत सम्बन्धमा आएको दरारका रूपमा बुझ्न नहुने उनीहरूको तर्क छ।

 

विशेषगरी प्रहरी नेतृत्व परिवर्तन तथा पत्रकार पक्राउलगायतका विषयमा दुवै पक्षबीच मतभिन्नता देखिएको चर्चा छ। यद्यपि, यस्ता विषयलाई राजनीतिक तथा नीतिगत असहमतिका रूपमा लिनुपर्ने उनीहरू बताउँछन्।

 

यसैबीच बूढानीलकण्ठमा भएको करिब चार घण्टा लामो भेटवार्तापछि पनि रवि र बालेनबीच संवाद तथा सहकार्य निरन्तर रहेको दाबी गरिएको छ। उक्त भेटले उनीहरूबीचको सम्बन्ध र राजनीतिक सहकार्यबारे उठेका विभिन्न अड्कलबाजीलाई थप चासोको विषय बनाएको छ।

 

राजनीतिक वृत्तमा अहिले रवि र बालेनबीचको सम्बन्धलाई चासोका साथ हेरिएको छ। तर उनीहरू निकटस्थहरूको भनाइलाई आधार मान्ने हो भने दुवैको प्राथमिकता व्यक्तिगत सत्ता प्रतिस्पर्धाभन्दा जनताले दिएको पाँच वर्षको जिम्मेवारी पूरा गर्नु रहेको देखिन्छ।

 

अन्ततः पाँच वर्षको जनादेश पूरा गर्न बालेन र रवि प्रतिस्पर्धी होइन, सहयात्री बन्नुपर्ने सन्देश उनीहरू निकटस्थहरूले दिएका छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation