सभापति थापाको राजीनामा अस्वीकृत, अबको बाटो के ?
राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता र अन्योल आउने केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष, देउवा पक्षले पनि बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचनमा पार्टी र आफैंले समेत हार बेहोरेपछि थापाले नैतिक जिम्मेवार लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।
शर्माले प्रस्तुत गरेको राजीनामा आइतबारको बैठकले सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय लिएको हो । दुई दिनमा बोल्ने पार्टी पदाधिकारी तथा सदस्यसहित १ सय २ जनाले नै सभापति थापाको राजीनामा अस्वीकृत हुनुपर्ने मत राखेका थिए ।
थापाले राजीनामापत्रमा पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय प्राप्त हुन नसकेको उल्लेख गरेका थिए । नैतिकताको आधारमा आफूले राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग नभएको उनले बताएका थिए । केन्द्रीय कार्यसमितिले राजीनामा अस्वीकृत गर्ने निर्णय लिएसँगै थापा पार्टी सभापतिकै भूमिकामा फर्किएका छन् ।
बैठकले सभापतिको राजीनामा अस्वीकार गर्नुका सात वटा आधारसमेत टेकेको छ । निर्वाचन हार्नुमा सभापतिभन्दा पनि संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको जनाएको छ । वर्तमान जटिल राजनीतिक अवस्थामा सभापति थापाको नेतृत्व अझै आवश्यक भएको निष्कर्ष कांग्रेसको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३