KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सांसद महावीर पुनको सम्पत्ति विवरणः २८ रोपनी जग्गादेखि निर्वाचनको चन्दासम्म

सांसद महावीर पुनको सम्पत्ति विवरणः २८ रोपनी जग्गादेखि निर्वाचनको चन्दासम्म

१६ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शिताको एउटा फरक दृष्टान्त प्रस्तुत गर्नुभएको छ ।

सार्वजनिक विवरण अनुसार पुनको नाममा कास्कीको पोखरा महानगरपालिकास्थित माझठानामा करिब २८ रोपनी जग्गा रहेको छ, जुन उनले २०५२ सालमा अमेरिकाबाट फर्किंदा बचेको रकमले किनेका थिए । सो जग्गा उनले आविष्कार केन्द्रको आर्थिक स्थितिलाई सुदृढ बनाउन बिक्रीमा राखे पनि हालसम्म ग्राहक नभेटिएको स्पष्ट पार्नुभएको छ ।

पुनको सम्पत्तिमा सुनचाँदी र नगद मौज्दातको पाटो पनि उत्तिकै रोचक र पारदर्शी देखिएको छ । उनले श्रीमतीलाई इष्टमित्रबाट उपहार स्वरूप प्राप्त भएको करिब ३ तोला सुन र विभिन्न बैंकमा गरी २९ लाख रुपैयाँ नगद रहेको उल्लेख गर्नुभएको छ ।

Call Us for Ads

विशेषगरी राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ निर्वाचनका समयमा सहयोगीहरूबाट प्राप्त चन्दाको बचत भएको र उक्त रकम म्याग्दीस्थित आफ्नो संसदीय सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिने उहाँको भनाइ छ ।

यसका साथै, आफ्नो आत्मकथा बिक्रीबाट सङ्कलित सबै रकम कृषि औजार कारखाना र आविष्कार केन्द्रको कोषमा जम्मा गरेर उहाँले आफूसँग कुनै निजी सवारी साधन वा अन्य विलासी सम्पत्ति नरहेको तथ्य सार्वजनिक गर्नुभएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation