KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
संवैधानिक निकायमा नियुक्तिको बाटो खुल्यो, प्रधानमन्त्री शाहले बोलाए परिषद्को बैठक

संवैधानिक निकायमा नियुक्तिको बाटो खुल्यो, प्रधानमन्त्री शाहले बोलाए परिषद्को बैठक

२३ बैशाख, काठमाडौं । संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूको पदपूर्तिका लागि प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरूमा नियुक्तिको कानुनी गाँठो फुकेपछि प्रधानमन्त्रीले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेसँगै परिषद्लाई निर्णय प्रक्रियामा सहजता मिलेको छ। यसअघि गणपूरक संख्या र सहमतिको अभावमा परिषद्को बैठक बस्न र निर्णय हुन सकिरहेको थिएन । यो नयाँ व्यवस्थाले प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तजस्ता अति संवेदनशील र महत्त्वपूर्ण पदहरूमा नियुक्तिको बाटो प्रशस्त गरेको छ ।

Call Us for Ads

हाल राज्यका प्रमुख संवैधानिक निकायहरू पदाधिकारीविहीन वा अपूर्ण अवस्थामा छन्। न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीशका साथै निर्वाचन आयोगमा प्रमुख आयुक्तको पद रिक्त छ । यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष र चारजना सदस्यको पद खाली छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समावेशी आयोग, महिला आयोग, मुस्लिम आयोग र थारू आयोगमा पनि पदाधिकारीहरू रिक्त रहेका छन् ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि उपयुक्त उम्मेदवारहरूको नाम सिफारिस गरेपछि ती नामहरू संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी प्रावधान रहेको छ । बिहीबारको बैठकले विशेषगरी प्रधानन्यायाधीश र निर्वाचन आयोगको नेतृत्वका विषयमा ठोस निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation