KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सुरक्षण मुद्रण केन्द्रले थाल्यो थप १७ लाख लाइसेन्स कार्ड छपाई

सुरक्षण मुद्रण केन्द्रले थाल्यो थप १७ लाख लाइसेन्स कार्ड छपाई

२४ बैशाख, काठमाडौं । लामो समयदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को पर्खाइमा रहेका सेवाग्राहीका लागि खुसीको खबर छ ।

सुरक्षण मुद्रण केन्द्रले थप १७ लाख थान स्मार्ट लाइसेन्स छपाईको कार्य औपचारिक रूपमा सुरु गरेको छ । केन्द्रले पहिलो चरणमा १२ लाख थान लाइसेन्स सफलतापूर्वक छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिसकेको पृष्ठभूमिमा, दोस्रो चरणको यो ठूलो परिमाणको छपाई प्रक्रिया अघि बढाएको हो । यसले विगत लामो समयदेखि देखिएको लाइसेन्सको अभाव र मुद्रणमा भइरहेको ढिलाइलाई निकै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

यस पटकको छपाई प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन केही नयाँ सुविधाहरू पनि थपिएका छन्। गत वैशाख ४ गते केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सम्झौता अनुसार अब छपाई हुने १७ लाख लाइसेन्समा सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिने ‘क्यूआर कोड’ समेत समावेश गरिनेछ। यो प्रविधिले ट्राफिक प्रहरीलाई सडकमा लाइसेन्सको आधिकारिकता तत्काल जाँच गर्न सहज बनाउनेछ ।

Call Us for Ads

सम्झौता भएलगत्तै केन्द्रले आफ्नो मुद्रण संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरी कार्ड उत्पादन सुरु गरिसकेकाले अबको केही समयभित्रै विभागमार्फत वितरण प्रक्रियामा सहजता आउने देखिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation