विद्यालयका प्रधानाध्यापक कुटिएको घटनामा एक युवक पक्राउ
सर्लाही,१६ भदौ । बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएको तथा सवारीसाधन तोडफोड गरिएको घटनामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रधानाध्यापकलाई कुटपिट गरिएको भन्दै फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा भिडियो सामग्री प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विद्यालयभित्र सरसफाइ गराउने विषयमा प्रधानाध्यापकले विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको आरोपबारे विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा विवाद उत्पन्न भएको थियो। सोही क्रममा बलरा नगरपालिका–४ निवासी करिब ५५ वर्षीय प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट हुँदा उनी सामान्य घाइते भएका थिए। घटनाका क्रममा सवारीसाधनसमेत तोडफोड भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ निवासी २० वर्षीय अभिषेक कापडलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाही प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

