KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्न पुगेको सुरक्षा टोलीमाथि आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्न पुगेको सुरक्षा टोलीमाथि आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार भन्सार छलीका सामान बरामद गर्न मदन गुप्ताको गोदाममा पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय व्यापारीहरूको एक समूहले आक्रमण गरेको थियो। छापा मार्ने क्रममा सुरु भएको विवाद झडपमा परिणत हुँदा ३ जना सशस्त्र प्रहरी घाइते भएका थिए। घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

आक्रमणका क्रममा प्रहरीका दुईवटा सवारीसाधनमा समेत तोडफोड गरी क्षति पुर्‍याइएको थियो। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताइएको छ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० का प्रमोदकुमार कानु र कुञ्जन सर्राफ, वीरगञ्ज–१ का दिपराज सहनी मलाह, विन्दवासिनी–५ का श्रीचन्द्रप्रसाद साह तथा भारतीय नागरिक प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन्।

Call Us for Ads

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

सुरक्षा टोलीले गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न अवैध सामान बरामद गरेको छ। बरामद सामानको विस्तृत विवरण संकलन गर्ने तथा घटनामा अन्यको संलग्नता रहेको/नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले भन्सार छली नियन्त्रण तथा सुरक्षाकर्मीमाथि हुने आक्रमणका विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ। प्रहरीले कानुन हातमा लिने जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation