वीरगंजको वडा नं. ८ ले पायो आफ्नै सुविधा सम्पन्न भवन, महानगर प्रमुख सिंहद्वारा उद्घाटन
वीरगंज । वीरगंज महानगरपालिका वडा नं.८ को नवनिर्मित वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नु भएको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । सो टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण सम्पन्न भएसँगै अब वडा कार्यालयले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
नवनिर्मित भवन दुई तले पक्की संरचनामा तयार गरिएको छ । यसअघि वडा कार्यालयको आफ्नै भवन नभएकाले विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले विभिन्न समस्या भोग्दै आएका थिए । अब भने नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ सहज, छिटो र प्रभावकारी हुने बताउनुभयो । उहाँले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३