KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
विराटनगरका व्यवसायी गुप्ता केशलिया खोला किनारमा मृत फेला, हत्याको आशंका

विराटनगरका व्यवसायी गुप्ता केशलिया खोला किनारमा मृत फेला, हत्याको आशंका

विराटनगर, ८ कात्तिक ।

Advertisement

 

Advertisement

विराटनगरमा लामो समयदेखि व्यवसाय गर्दै आएका ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत अवस्थामा भेटिएका छन्। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै उनको शव फेला परेको हो।

Ad

 

Advertisement

 

Advertisement

भारतीय नागरिक रहेका गुप्ता विगत ३० वर्षदेखि विराटनगर–६ स्थित महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए।

 

बोरामा बेरिएको अवस्थामा शव फेला आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फ खोला किनारमा स्थानीयले बोरामा पोको पारिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घटनाको प्रकृति हेर्दा गुप्ताको हत्या गरी शव फालिएको जस्तो देखिएको छ। बोरामा बेरिएर फालिएकाले घटना शंकास्पद रहेको र प्रहरीले विभिन्न कोणबाट विस्तृत छानबिन सुरु गरिसकेको उनले जानकारी दिए।

 

घटनास्थलमा तालिमप्राप्त कुकुर तथा प्राविधिक टोली परिचालन गरी प्रहरीले आवश्यक प्रमाणहरू संकलन गरेको जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation