दशैं, तिहार र छठको खर्च व्यवस्थापन वडाबाटै, जीतपुरसिमराका २४ वटै वडा सचिवलाई अख्तियारी
बिरगंज, पर्सा, २४ असोज
बारा । विजया दशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी गरिने सजावट, बत्ती जडान, पूजाआजा र आवश्यक सामग्री खरिदको जिम्मेवारी जीतपुरसिमरा उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको छ।
उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई पत्राचार गर्दै चाडपर्व लक्षित कामको खर्च व्यवस्थापन, खरिद प्रक्रिया तथा भुक्तानीसम्बन्धी कार्य सम्बन्धित वडा कार्यालयबाटै सञ्चालन गर्न अख्तियारी दिएको हो।
यसअघि वडास्तरमा हुने बत्ती जडान, दुर्गा पूजा तथा छठका लागि आवश्यक सामग्री खरिदलगायतका काम उपमहानगरपालिका कार्यालयमार्फत हुँदै आएका थिए। चालु आर्थिक वर्षदेखि भने यस्ता कामको व्यवस्थापन र भुक्तानी प्रक्रिया सम्बन्धित वडा कार्यालयबाटै अघि बढाइने भएको छ।
खरिद प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई कार्यसम्पादन चेकलिस्टसमेत उपलब्ध गराएको छ। उपसचिव उमेश वाग्लेले जारी गरेको निर्देशनअनुसार कामको प्रकृति र रकमका आधारमा तोकिएको खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ।
चेकलिस्टअनुसार एक लाख रुपैयाँसम्मको खरिद वा काम सोझै गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि सम्बन्धित बिल पेस गर्नुपर्नेछ। त्यस्तै, एक लाख रुपैयाँभन्दा बढी र १५ लाख रुपैयाँसम्मको कामका लागि आवश्यकताको औचित्य खुलाएर टिप्पणी उठाउनुपर्ने तथा कम्तीमा तीनवटा फर्म वा कम्पनीबाट दररेट माग गर्नुपर्नेछ।
प्राप्त दररेट कार्यालयमा दर्ता गरी स्वीकृत गरेपछि कम रकममा काम गर्न प्रस्ताव गर्ने फर्म वा कम्पनी छनोट गर्नुपर्ने व्यवस्था छ। छनोट भएको फर्मलाई सम्झौताका लागि पत्राचार गरी निवेदनका आधारमा सम्झौता तथा कार्यादेश जारी गरिनेछ।
त्यसैगरी, काम सम्पन्न भएपछि सम्बन्धित फर्म वा कम्पनीबाट बिल पेस गराउनुपर्ने र प्राविधिक मूल्याङ्कनपछि मात्र भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ।
चाडपर्वका बेला वडाहरूमा हुने सजावट, बत्ती जडान, पूजाआजा तथा सामग्री खरिदका कामलाई छिटो, सहज र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले जिम्मेवारी विकेन्द्रीकरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। नयाँ व्यवस्थाले स्थानीयस्तरमा चाडपर्वको तयारी र खर्च व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






