स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारसँग सञ्चारमन्त्रीको भेट, एआई ग्लोबल समिटमा नेपाललाई निमन्त्रणा
पर्सा, २१ असोज
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य तथा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सूचना प्रविधि तथा सञ्चारका क्षेत्रमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
भेटमा डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा समेत छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन आवश्यक वातावरण सहज बन्दै गएको बताए।
एआई ग्लोबल समिटमा सहभागी हुन नेपाललाई निमन्त्रणा
भेटका क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ गते स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएकी छन्।
उनले सम्मेलनमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरूका प्राथमिकताबारे समेत जानकारी लिएकी थिइन्। सम्मेलनमा नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल प्रविधिसम्बन्धी आफ्ना प्राथमिकता र अनुभव प्रस्तुत गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिताबारे छलफल
भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाबारे पनि छलफल भएको छ।
हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनका लागि सहकार्य गर्दै आएको छ।
नेपालको डिजिटल रूपान्तरणसँगै डिजिटल अधिकार, सुरक्षा र सार्वभौमिकताका विषयलाई पनि प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने विषयमा भेटवार्ता केन्द्रित रहेको बताइएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






