KATHMANDU WEATHER
Horizontal Scroll Menu
गलत् नम्बरको झगडाले पाटनमा लियो दाजुभाइको ज्यान

गलत् नम्बरको झगडाले पाटनमा लियो दाजुभाइको ज्यान

वीरगंज। सामान्य फोन कलबाट सुरु भएको विवादले ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दुई युवाको ज्यान लिएको छ। बुधबार साँझ भएको घटनामा ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, इमाडोल निवासी दाजुभाइले गरेको फोन ‘रङ नम्बर’ परेर सञ्जीव नेपाली नामक व्यक्तिसँग जोडिएको थियो। प्रारम्भिक कुराकानीमै दुवै पक्षबीच भनाभन बढ्दै गएपछि सञ्जीवले पाटन बोलाएका थिए।

सोही विवादलाई पछ्याउँदै पाटन पुगेका नेम्बाङ दाजुभाइमाथि सञ्जीवले मासु काट्न प्रयोग हुने चक्कुले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई तत्काल बीएन्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो।

घटनापछि फरार हुने प्रयासमा रहेका मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३