काठमाडौंमा ३,५०६ प्रहरी परिचालन, यी ५ काम गरे कारबाही
काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट, ठगी तथा अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्लामा मात्रै ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बर्दीधारी तथा सादा पोशाकका प्रहरीलाई विभिन्न २२ प्रकारका संवेदनशील ड्युटीमा परिचालन गरिएको छ। आवश्यकता र संवेदनशीलताका आधारमा थप प्रहरीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ।
उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा तालिमप्राप्त कुकुरसहित २४ घण्टा चेकजाँच तथा सीसीटीभीमार्फत निगरानीलाई समेत तीव्र बनाइएको छ।
चाडपर्वमा यी ५ काम नगर्न प्रहरीले आग्रह गरेको छ
१. जुवातास, कौडा तथा अनलाइन सट्टेबाजी
दसैँ–तिहारको नाममा घर, होटल, फार्महाउस वा अन्य स्थानमा जुवातास तथा कौडा खेल्ने–खेलाउने कार्य नगर्न प्रहरीले सचेत गराएको छ। अनलाइन सट्टेबाजीमा समेत संलग्न भएको पाइएमा कानुनअनुसार कारबाही हुन सक्नेछ।
२. पाकेटमारी तथा चोरी
चाडपर्वमा बजार, सार्वजनिक यातायात, बसपार्क तथा सपिङ क्षेत्रमा हुने भीडलाई लक्षित गरी पाकेटमारी तथा चोरी हुन सक्ने भएकाले प्रहरीले विशेष निगरानी बढाएको छ। चोरी वा झोला तान्ने लगायतका गतिविधिमा संलग्न भएको पाइएमा कानुनी कारबाही गरिनेछ।
३. मादक पदार्थ सेवन गरेर सवारी चलाउने
चाडपर्वको समयमा मापसे जाँचलाई थप कडाइ गरिने प्रहरीले जनाएको छ। मदिरा वा लागूऔषध सेवन गरी सवारी चलाउनु कानुनविपरीत भएकाले त्यस्तो अवस्थामा सवारी नचलाउन प्रहरीले आग्रह गरेको छ।
४. पटाका तथा आतिशबाजीको अवैध प्रयोग
तिहारका क्रममा पटाका, भुइँचम्पा लगायतका विस्फोटक प्रकृतिका सामग्रीको अवैध ओसारपसार, बिक्री तथा प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ। त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्नेछ।
५. टिकटमा ठगी तथा कालोबजारी
चाडपर्वमा यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने, नक्कली टिकट बिक्री गर्ने वा उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने कार्यविरुद्ध समेत निगरानी बढाइएको छ।
प्रहरीले चाडपर्व मनाउन घरबाट बाहिर जाने नागरिकलाई आफ्नो घरको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। लामो समय घर खाली छाडेर जानुपर्ने भए छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन तथा बहुमूल्य सामान सुरक्षित स्थानमा राख्न प्रहरीले अनुरोध गरेको छ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन नागरिकले समेत सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






