भैरहवामा एक किलो सुनसहित ४६ वर्षीया महिला पक्राउ
भैरहवा । रुपन्देहीको भैरहवामा एक किलो शुद्ध सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेल रहेकी छन्।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डन्डा, रुपन्देहीका डीएसपी गोपीकृष्ण भट्टराईको टोली र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टबाट पटेललाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई शंका लागेर जाँच गर्ने क्रममा सुनका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका डीएसपी भट्टराईका अनुसार पटेलको साथबाट २ किलो ६०५ ग्राम विभिन्न प्रकारका सुनजस्ता देखिने पहेँलो धातुका गरगहना बरामद गरिएको थियो। परीक्षणपछि उक्त गरगहनाबाट एक किलो शुद्ध सुन रहेको पुष्टि भएको र यसको मूल्य २ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी पटेल र बरामद सुन आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






