दिल्ली भाग्न खोज्दा पक्राउ परे सापकोटा, निलम्बित एआईजी दाहालसँगको सम्पर्कले बढायो अनुसन्धान
पर्सा, २१ असोज
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट रहेर बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्।
भारत जाने तयारीमा रहेका सापकोटालाई विमानस्थलबाट विशेष ब्युरोले नियन्त्रणमा लिएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
प्रहरी अनुसन्धानका क्रममा सापकोटाको सम्पर्क सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालसँग समेत रहेको खुलेको बताइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सापकोटाको मोबाइलबाट दाहालसँग ह्वाट्सएपलगायतका माध्यमबाट भएको कुराकानी तथा सम्पर्कसम्बन्धी विवरण फेला परेको छ।
यस्ता विवरण फेला परेपछि गृह मन्त्रालयले एआईजी दाहाललाई निलम्बन गरेको बताइएको छ। यद्यपि, दाहालमाथि लागेको आरोप तथा सापकोटासँगको सम्पर्कको प्रकृतिबारे थप अनुसन्धान भइरहेको छ।
सापकोटामाथि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले थप प्रमाण तथा कारोबारसम्बन्धी विवरण संकलन गरिरहेको जनाएको छ।
अनुसन्धान जारी रहेकाले सापकोटा र एआईजी दाहालबीच भएको भनिएको सम्पर्कको उद्देश्य तथा त्यसबाट कुनै गैरकानुनी गतिविधि भएको वा नभएको विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






