KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगञ्जमा चार लाख ११ हजार रुपैयाँका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्जमा चार लाख ११ हजार रुपैयाँका चोरीका गरगहनासहित महिला पक्राउ

बिरगंज, पर्सा, ३ कार्तिक 

Advertisement

वीरगञ्ज। वीरगञ्जबाट चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो।

Ad

प्रहरीले पक्राउ परेकी महिलाको साथबाट एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरेको जनाएको छ।

Advertisement

बरामद गरिएका गरगहनासहित महिलालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। चोरीमा महिलाको संलग्नता तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation