KATHMANDU WEATHER
Horizontal Scroll Menu
२०८२ मा सुनको कीर्तिमानी छलाङः एकै वर्षमा १ लाख १० हजारले बढ्यो मूल्य

२०८२ मा सुनको कीर्तिमानी छलाङः एकै वर्षमा १ लाख १० हजारले बढ्यो मूल्य

३० चैत, काठमाडौं । नेपाली सुनचाँदी बजारका लागि वर्ष २०८२ इतिहासकै सबैभन्दा महँगो र उतारचढावपूर्ण वर्षका रूपमा बिदा भएको छ ।

पहेँलो धातुको मूल्यले आकाश छुँदा आम उपभोक्ता र व्यवसायी दुवै यतिबेला रनभुल्लमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार, यो एक वर्षको अवधिमा सुनको भाउमा अकल्पनीय वृद्धि भई प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँले बढेको छ ।

२०८१ सालको अन्तिम दिन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन २०८२ को अन्तिम दिन चैत ३० गते आइपुग्दा २ लाख ९६ हजार ७०० रुपैयाँ पुगेर थुप्रिएको छ । यो वृद्धिलाई गणितीय रूपमा हेर्दा नेपाली बजारमा सुनको भाउ औसतमा प्रतिदिन ३०३ रुपैयाँ २८ पैसाका दरले उकालो लागेको देखिन्छ ।

भदौदेखि सुरु भयो मूल्यको आँधी, असोजमा मात्रै ४० हजारको छलाङ

मूल्य वृद्धिको यो आँधी भदौ महिनादेखि सुरु भएको थियो, जतिबेला सुनले पहिलो पटक ऐतिहासिक २ लाखको मनोवैज्ञानिक सीमा पार गर्‍यो। विशेषगरी चाडपर्वको चटारो रहेको असोज महिनामा सुनले झन् ठूलो छलाङ मार्दै थप ४० हजार ९०० रुपैयाँको बढोत्तरी देखायो ।

सो महिनाको अन्त्यमा मूल्य २ लाख ५८ हजार पुगेपछि बजारमा सुनको माग र आपूर्तिमा ठूलो असन्तुलन समेत देखिएको थियो । वर्षकै सबैभन्दा डरलाग्दो रेकर्ड भने माघ महिनामा कायम भयो, जहाँ नेपाली सुन बजारको इतिहासमै पहिलो पटक सुन ३ लाखको सीमा काटेर ३ लाख ६ हजार ५०० रुपैयाँ पुग्यो ।

फागुनमा उच्च विन्दु, चैतमा केही मत्थर

यो बढ्ने क्रम फागुनमा अझै तीव्र भएर ३ लाख १४ हजार २०० रुपैयाँसम्म पुगेको थियो । यद्यपि, वर्षको अन्तिम महिना चैतमा भने मूल्य केही मत्थर हुँदै २ लाख ९६ हजार ७०० मा आएर रोकिएको छ । सुनको पछि(पछि चाँदीले पनि यो वर्ष आफ्नो मूल्यमा भारी वृद्धि गरेको छ ।

२०८१ को अन्त्यमा १९ सय ६० रुपैयाँ रहेको चाँदी २०८२ को अन्तिम दिनसम्म आइपुग्दा ४ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन प्रतितोला २ हजार ९४० रुपैयाँको वृद्धि हो ।

गहना बजारमा मन्दी, मध्यमवर्गलाई सुन ‘आकासको फल’

वर्षभरिका केही महिनाहरू जस्तै कात्तिक र चैतमा मूल्यमा केही गिरावट देखिए पनि समग्रमा यो वर्ष सुनचाँदी खरिद गर्नेहरूका लागि निकै चुनौतीपूर्ण रह्यो । लाखौँको यो वृद्धिले गर्दा मध्यमवर्गीय परिवारका लागि गहना बनाउनु एउटा सपना जस्तै बनेको छ ।

मूल्य अत्यधिक महँगो भएपछि गहना पसलहरूमा ग्राहकको उपस्थिति पातलिएको छ भने व्यवसायीहरूले पनि कारोबारमा उच्च मन्दी आएको महसुस गरेका छन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३